८६ तोला सुन लिएर भागेका भारतीय कालीगढ संपर्क विहिन

जेठ ३० । काठमाडौं,काठमाण्डौको कपन स्थित मिलनचोकमा सुनको गरगहना बनाउने काम गर्दै आएका भारतीय कालिगढको समूहले ८६ तोला सुन लिएर फरार भएका छन ।मिलनचोकमा सुनको गरगहना बनाउने काम गर्दै आएका भारत पश्चिम बंगाल घर भएका समिर हजारा, गोपाल भनियासहित १० जना भारतीय कालिगढ फरार रहेका हुन । सुनका गहना बनाउन दिएका स्थानीय बासिन्दाको ८७ तोला सुन लिएर भारतीय कालीगढ बिहीबार फरार भएपछि उनीहरुले प्रहरीलाई उजुरी गरेका थिए । फरार कालिगढ बारा हुँदै भारत प्रवेश गरिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनाबारे कडाईका साथ अनुसन्धान भइरहेको बौद्ध प्रहरी वृत्तले जनाएको छ । भागेका कालीगढका बारेमा शुक्रबार थाहा पाएपछि मात्र स्थानीयले प्रहरीसमक्ष उजुरी गरेका थिए । कालीगढ पीडितसँग बिहीबार १२ बजेसम्म सम्पर्कमा रहे पनि साँझदेखि उनीहरू सम्पर्कविहीन भएका थिए ।

सम्बन्धित शिर्षकहरु