असनेपालन्युज । भिक्टोरिया । गैर आवसिय नेपाली संघ (एन आर एन) अस्ट्रेलियाको अध्यक्ष पदका लागि ॠषि कंडेलले उम्वेद्वारी घोषणा गर्नु भएको छ। उम्वेद्वारी दर्ताको अन्तिम दिनमा उहांले कुनै समुहमा आवद्द नभै स्वतन्त्र तवरले उम्वेद्वारी दिएको असनेपालन्युजलाई बताउनु भयो ।’ पुनर्निर्माणमा एन आर एन’ नारा सहित आफु
स्वतन्त्र रुपले अगाडि आएको बताउने कंडेल समुहगत विवाद ,राजनीति, गुट-उप गुट र प्यानल मा विमति राख्ने मतदाताहरूको प्रेरणा ले आफु उम्वेद्वार बनेको विश्वास राख्नु हुन्छ । कंडेल दलगत र समुहगत स्वार्थ भन्दा माथि उठेर एन आर एन को सुधार गर्ने आफ्नो भिजन पुरा गर्न आफुले यो उम्वेद्वारी दिएको धारणा राख्नु हुन्छ । ब्यक्ति र समुह भन्दा पनि ‘भिजन’ ठुलो कुरा हो बताउने कडेंल स्वतन्त्र उम्वेद्वारलाई मन पराउने मतदाताहरूको समर्थन नै आफ्नो विजयको विश्वास रहेको दावि गर्नु हुन्छ ।
भिक्टोरिया एन आर एन को सम्योजन गर्दै आउनु भएका कंडेल पछील्लो कार्य समितिमा उपाध्यक्ष पदमा रहि कार्य गर्दै आउनु भएको छ। आज साँझ सम्म उम्वेद्वारी दर्ताको प्रकृया पुरा गर्न निर्वाचन समितिले तयारी गरेको छ।








