रत्नपार्कमा झुण्डिएको अवस्थामा युवकको शव फेला

जेठ २५ । काठमाडौं,रत्नपार्कको बारमा झुण्डिएको अवस्थामा एक युवकको शव भेटिएको छ । पार्कको पश्चिम गेटमा नै झुण्डिएको अवस्थामा युवकको शव भेटिएको प्रहरीले जनाएको छ ।

अन्दाजी ३०/३२ वर्षका युवकको सनाखत हुन सकेको छैन । मृत अवस्थामा रहेका उनको घाँटीमा डोरी लागेको छ भने उनको घुँडाले भुइँ छोएको छ । पोष्ट मार्टमको लागि उक्त्त युवकको शव शिक्षण अस्पतालमा राखिएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय अगाडि समेत यो घटना घट्दा सर्वसाधारण त्रसित बनेका छन ।

सम्बन्धित शिर्षकहरु