जेठ २३ । काठमाडाैं, काठमाडौँ महानगरपालिका–३२ न्युप्लाजास्थित बद्रीकुमार श्रेष्ठको आठतले घर भत्काउने क्रममा पर्खालको ईंटाले च्यापिएर एकको मृत्यु भएको छ । नुवाकोटको सुनाखानी गाउँका रूपेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उहालाई तत्कालै उपचारका लागि बागबजार स्थित काठमाडाैं मोडेल अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा त्यहीँ उहाको निधन भएको प्रहरीले जनाएको छ ।








