अष्ट्रेलियन नागरिक विल्सन लिले पोखरा वृद्धाश्रममा रहेका बृद्ध बृद्धहरुलाई आवश्यक विभिन्न सामग्रीहरु प्रदान गर्नु भएको छ ।लिले पोखरा वृद्धाश्रममा ४० ओटा लो–बेड, ४० थान डसना, ४० वटा बेडसिट र ४० पिस सिरानी प्रदान गर्नुभएको हो । उहाले आफ्नी आमाहरु बोन्चु थामारड, पमेला विल्सनको सम्झनामा सो सामन प्रदान गर्नुभएको हो ।
२ लाख १० हजार मुल्य बराबरको लोबेड र ६० हजार मुल्य बराबरको डसना, बेडसिट र सिरानी विल्सनका प्रतिनिधि पोखरा ७, घारीपाटन बस्ने डिल्लीराम पौडेल, पुर्णखर अधिकारी, पोखरा उपमहानगरपालिका २३ का गुरुप्रसाद पौडेल लगायतले वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीलाई हस्तान्तरण गर्नुभएको हो ।







