संविधानपछि मात्रै राष्ट्रिय सरकारः ३० दल

जेठ, १९ । काठमाडौँ, एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले संविधानका विवादित विषयमा सहमतिपछि मात्रै राष्ट्रिय सरकारबारे सोच्न सकिने निष्कर्ष निकालेको छ ।

एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको ३० दलीय मोर्चाले संविधानमा सहमतिबिना राष्ट्रिय सरकारको आकार सोच्न पनि नसकिने निचोड निकालेको हो ।

ुसंविधानका विषयवस्तुमा सहमति नगरी सरकारको कुरा गर्नुको कुनै अर्थ छैन,ु एमाओवादी वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भने ।

बैठकमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान र पुनर्निर्माणमा मात्र ध्यान केन्द्रित गर्न आग्रह गरेका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।

सम्बन्धित शिर्षकहरु