भुकम्पबाट उदयपुरका १५ जनाको मृत्‍यु

वैशाख २८ ।उदयपुर,आफ्नो कामको शिलशिलामा जिल्लादेखि काठमाडौ तथा विभिन्न क्षेत्रमा कार्यरत रहँदै आएका उदयपुरका १५ जनाको भूकम्पमा परेर मृत्‍यु भएको छ । उदयपुर रौता–९ की ताराकुमारी आले मगर र उहाका छोरा तथा अर्का सोही स्थानका रमिता तामाङको भुकम्पमा परी मृत्‍यु भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले बताउनु भयो । त्यसै गरी मृत्‍यु हुनेमा त्रियुगा नगरपालिका-२ की कमला निरौला,आँपटार–५ का कुमार बुढाथोकी, पञ्चावती–४ का कमल राई, पोखरी–३ की मनिता बिक रहेका छन् ।यस्तै, पञ्चावती–४ कै अमर राई, रामपुर ठोक्सिला–३ का चन्द्रबहादुर बिष्ट १५ प्रमिला थापा, खाँबु–१ का धर्मराज तामाङ, बेल्टार बसाहा नगरपालिका–५ का शिवराज बिक, हँडिया–८ का गोबिन्द चौधरी र बाराहा–६ का केशव मगर रहेको उल्लेख गरिएको छ ।
यस्तै, त्रियुगा नगरपालिका-१० देउरी बस्ने सुजिता चौधरीको भने सिन्धुपाल्चोकमा मृत्यु भएको प्रजिअ घिमिरेले जानकारी दिनु भयो । अझै केही बेपत्ता भइरहेको सम्बन्धित परिवारजनको गुनासो आइरहेको कारण उनीहरुको पनि भूकम्पबाट मृत्यु हुन सक्ने प्रजिअ घिमिरेले बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु