वैशाख २७ ।धुन्चे,रसुवाको भन्सार कार्यालयको गोदाममा आज बिहान आगलागी हुँदा करोडौँ धनमाल क्षति भएको छ ।
आगलागिबाट भन्सार कार्यालयले बनाएको जस्तापाताको टहरोभित्र जाँचपासका लागि राखिएका सामग्री सम्पूर्ण रुपमा नष्ट भएको स्थानीयबासीले बताएका छन ।
आगलागीको कारण खुल्न सकेको छैन ।








