विजय थापा । वाशिंगटन डिसी, अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट ‘ मा उम्मेदवारी दुनु भएका जीवन तिवारीले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ । नेपालको कास्की स्थित लेखनाथ नगर पालिका बेगनास ताल घर भै बिगत १ दशक देखि भर्जिनियामा बस्दै आएका तिवारीले सार्बजनिक रुपमा आफुले उम्मेद्वारी दिएको जानकारी दिनु भएको हो ।उनले एक्कासी चुनावी रणभूमि परित्याग गरेको कारण पहिलो नेपालमा गएको बिनासकारी भूकम्प र दोश्रो आर्थिक सहयोग संकलन योजना मुताबिक वृद्धिमा कमजोर हुनु रहेको बताउनु भएको छ । “निर्वाचनमा आफु भागेको हैन,आफ्नो मुलुक विनासकारी भूकम्पको कारण तहसनहस छ, नेपाली समुदाय अहोरात्र राहत र उद्धारको लागि युद्ध स्तरमा लागेका छन् । “उहाले भन्नु भयो, “तर आफु कुखुराको डाक देखि मध्यरात सम्म चुनावी प्रचार र प्रसारमा लाग्दा मेरो नैतिकता तथा मनले थाम्न सकेन । “
तिवारीले गत मार्च ९ तारिख भर्जिनियाको हाउस अफ डेलिगेटको लागि क्षेत्र ८७ बाट २०१५ को लागि प्रतिनिधि सभामा डेमोक्र्याट पार्टीबाट उम्मेदवारी दिनु भएको थियो । केहि समय अगाडी मात्र डेमोक्र्याटिक पार्टीको तर्फबाट उहालाई आधिकारिक उम्मेदवार भनि घोषित गरिएको थियो भने जुन ९ ,२०१५ मा प्राथमिक चरणको निर्वाचनमा समेत उहाले लड्नु नपर्ने भएको थियो । नोभेम्बरमा ३ को निर्वाचनमा मात्र लड्नु पर्ने बताउनु भयो । तिवारीले लड्ने क्षेत्रमा दुई पटक रिपब्लिकन दलका लेबनानी-अमेरिकन डेविड रमादान बिजयी भएता पनि केहि समय अगाडी उहाले पनि चुनाब नलड्ने भनि घोषणा गर्नु भएको थियो ।








