बैशाख २६ ।काठमाडौँ, बैशाख १२ गते देशका विभिन्न भागमा आएको बिनाशकारी भुकम्पमा परी अहिले सम्म ७९०३ जनाको मृत्यु भएको छ भने १५,९३५ जना घाइते भएका छन् ।शुक्रबार सम्मको प्राप्त जानकारी अनुसार ज्यान गुमाउनेहरुमा उपत्यकामा १७०४, पुर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ५७२३, पश्चिम क्षेत्रमा ४२१ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा ९०२५, पुर्व क्षेत्रमा ३२२, मध्य क्षेत्रमा ५३८५, पश्चिम क्षेत्रमा ११७९, मध्य पश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । साथै भुकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ५, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी पर्यटक ७० जना तथा घाइते भएका नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जनाको संख्या समेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । यसैगरी हालसम्म नेपाल प्रहरी १ जना, नेपाली नागरिक २५४ र विदेशी नागरिक १११ जना हराइरहेका छन् ।
हालसम्म उपत्यकामा १६८३, पुर्वमा क्षेत्रमा ५०, मध्य क्षेत्रमा ५६६२, पश्चिम क्षेत्रमा ३८२ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा ७७७९ को शब निजहरुका आफन्तलाई बुझाइएको छ भने अन्य शबहरु विभिन्न अस्पतालहरुमा रहेको हुँदा शव सनाखतको लागि पहल भइरहेको छ । साथै हराएका तथा खोजीमा रहेका व्यक्तिहरुका आफन्तहरुले पहिचानको लागि नजिकको अस्पताल वा प्रहरी कार्यालयमा गई सूचना दिन हुनसमेत नेपाल प्रहरी हार्दिक अनुरोध गर्दछ ।
साथै भुकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६५४९४, पुर्व क्षेत्रमा ३३७४९, मध्य क्षेत्रमा १९८२८८, पश्चिम क्षेत्रमा ११३९४२, मध्य पश्चिम क्षेत्रमा ३१५४ र सुदूर पश्चिम क्षेत्रमा ३२ गरी जम्मा ४१४६५९ भौतिक संरचनाहरु क्षती भएका छन् ।
नेपाल प्रहरीको विपद व्यवस्थापनसमेतको संयुक्त टोलीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल र पानी वितरण कार्य भइरहेको छ ।








