बलिउड अभिनेता सलमान खानलाई ५ बर्ष जेल

बलिउडका सर्वाधिक चर्चित नायक सलमान खानलाई मुम्बइको सेसन कोर्टले ५ बर्षको जेल सजायँ सुनाएको छ ।मादक पदार्थ पिएर सडक पेटीमा सुतिरेहका मानिसमाथि कार कुदाएर ज्यान लिएको मुद्धामा बलिउडका चर्चित अभिनेता सलमान खान दोषी ठहर भएका छन् । सन् २००२ देखि चल्दै आएको ‘हिट एन्ड रन केस’मा सलमानलाई ५ बर्षको जेल सजायँ भएको हो ।सलमान खानलाई आज नै मुम्बइको अर्थरोड जेल लगिने बताइएको छ ।

फैसला आएपछि सलमान निराश देखिएका थिए । उनले अब जमानतका लागि भारतको सर्वोच्च अदालतमा अपिल गर्न सक्छन् । सलमान सन् २००२ को अक्टुबर ७ बाट १८ दिन जेलमा बसेका थिए ।सलमानलाई ५ बर्षको जेल सजायँसँगै २५ हजार जरिवाना पनि तिराइएको छ । तर, पीडितहरुले मागेको मुआब्जाको बिषयमा अदालतमा कुनै बहस भएको थिएन ।अझै पनि अदालत भित्र रहेका सलमान खानलाई बलिउडले भने पूर्ण रुपमा समर्थन गरेको छ । ट्विटरमा उनको समर्थनमा बलिउड कलाकारले ऐक्यवद्धता देखाएका छन् ।

यो मुद्दाको बिषयमा अन्य केही फैसला अझै पनि आउने बाँकी नै छ ।मुम्बइको सेसन कोर्टले उनमाथि लागेको सबै आरोपमा दोषी देखाएको हो । सलमान खानले नशामा गाडी चलाएको पुष्टी भएकोे छ । सलमान खानले सुनियोजित रुपमा मान्छेमाथि गाडी चलाएको भन्दा पनि यो एउटा भवीतव्य रहेको अदालतले बताएको छ ।

सम्बन्धित शिर्षकहरु