वैशाख २३ ।रौतहट,विनाशकारी भूकम्प पछि त्रासदी फैलिरहेको अवस्थामा रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं ९ मा धर्तीबाट ज्वालामुखी निस्केको छ ।
गौर नपा–९ का अच्छेलाल कुशवाहाको घरनजिक धर्ती फाटेर आगो पानी र बालुवासहितको लेदो निस्केको छ । आज विहान करिब ११.२० बजेको समयमा धर्तीबाट आगोको चिगारी निस्केको अवस्थामा छरछिमेकका स्थानीयवासीले उक्त स्थानमा पानी खन्याएका थिए ।
पानी खन्याएपछि उता स्थानमा तातोपना महसुस भइरहेको अच्छेलालले बताउनुभयो ।
स्थानमा अहिले हेर्नेको भीड लागेको छ । ज्वालामुखी निस्केको कारण मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।








