बैशाख २० ।काठमाडौं,बैशाख १२ गते गएको महाभूकम्पमा परी ७ हजार ४० जनाको मृत्यु भएको छ । यस्तै घाइतेको संख्या १४ हजार ३ सय ९८ पुगेको छ । गृहमन्त्रालयले दिएको तथ्याङ अनुसार सिन्धुपाल्चोकमा सबैभन्दा बढी मृत्यु हुनेको सँख्या रहेको छ । त्याहा २५ सय बढीको शव भेटिएको छ । केही दिन अघि मात्रै प्रहरीले पत्रकारकार सम्मेलनको आयोजना गरेर मृतकको संख्या झण्डै १५ हजार पुग्ने अनुमान रहेको जनाएको थियो ।
अहिले नेपाली सेनाको नेतृत्वमा उद्धारको काम जारी छ । भुकम्पबाट प्रभावित बिभिन्न क्षेत्रमा आफ्नो ९० प्रतिशत फौजलाई आफुसंग भएको श्रोत, साधनको अधिकतम रुपमा प्रयोग गर्दै उद्वार राहत तथा भग्नाबशेषहरु हटाउने काममा खटाइरहेको सेनाले जनाएको छ भने नेपाल प्रहरीले पनि ४१ हजार भन्दा धेरै प्रहरी परिचालन गरेर काम भइरहेको जनाएको छ ।भूकम्प गएको ९ दिन बितिसकेको कारण अब मानिसहरुलाई जीवितै उद्धार गर्न सकिने अवस्था एकदमै कम हुने प्रहरीले जनाएको छ ।








