भूकम्पको कारण महोत्तरीका ६० कैदीबन्दी घाइते

बैशाख १९ । महोत्तरी,शनिबार गएको भूकम्पपछि भएको भागदाैडबा महोत्तरीको जलेश्वरस्थित कारागारका ६० जना कैदीबन्दी घाइते भएका छन् ।
गोरखालाई केन्द्रविन्दु बनाएर गत शनिबार गएको भूकम्पपछि भएको भागदाैडबाट उनीहरु घाइते भएका हुन ।
भूकम्प गएका बेला जलेश्वर कारागारभित्र रहेका कैदीबन्दीमा भागदौड मच्चेको र सोही भागदौडमा परी ६० जना कैदीबन्दी घाइते भएको जेलर शोभेन्द्र ठाकुरले जानकारी दिनु भयो ।
एक सय ३५ कैदीबन्दी राख्ने क्षमता भएको जलेश्वर कारागारमा त्यसदिन तीन सय ८५ कैदीबन्दी रहेको र आत्तिएर कैदीबन्दी भाग्न खोज्दा अधिकांश कैदीबन्दी घाइते भएको जेलर ठाकुरको भनाइ छ ।
भागदौडमा परी ४० जना कैदीबन्दीको टाउको फुटेको, हातखुट्टामा घाउ लागेको र २० जना सामान्य चोटपटक लागेर घाइते भएका छन् ।
एक सय ३३ वर्षअघि राणाकालमै निर्माण भएको जलेश्वर कारागार महाभूकम्पमा परी धेरै क्षतिग्रस्त भएको छ । कारागारको ५ वटै बुर्जाहरु चर्किएको छ भने बाहिरी पर्खाल र भित्रका सबै कोठा चर्किर जर्जर भएको जेलर ठाकुरले जानकारी दिनु भयो ।

सम्बन्धित शिर्षकहरु