राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा दिलीप रेग्मी नियुक्त भए

जेठ १४ । काठमाडौँ, राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा दिलीप रेग्मी नियुक्त हुनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले रेग्मीलाई अनुसन्धान विभागको प्रमुखमा नियुक्त गरेको हो ।

यसअघि अनुसन्धान विभागको प्रमुख जितबहादुर केसी थिए । उनको कार्यकाल सकिएपछि गृहमन्त्रालयको सिफारिसमा रेग्मी नियुक्त हुनुभएको हो ।

यसैगरी मन्त्रिपरिषद बैठकले विभागकै रिक्त एआईजी पदमा गणेशराज अधिकारीलाई बढुवा गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित शिर्षकहरु