जेठ, १४ । काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासंघले रित्त अध्यक्ष पदको लागि असार १८ गते निर्वाचन गर्ने भएको छ।
बुधवार महासंघको कार्यकारिणी बैठकले बाँकी अवधीको लागि अध्यक्षको निर्वाचन असार १८ मा गर्ने निर्णय गरेको हो।
गत वर्ष चैतमा भएको निर्वाचनबाट महासंघको अध्यक्षमा प्रदिपजंग पाण्डे अध्यक्षमा निर्वाचित भएका थिए । ३३ वर्ष पुरानो भष्ट्रचारको मुद्दामा उनी मुछिएपछि महासंघमा अध्यक्ष पद रित्त रहेका थियो।








