जेठ १३ ।मुस्ताङ,यात्रुलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले गोमा एयरले जोमसोम-पोखरा उडान सुरु गरेको छ ।
मङ्गलबार पहिलो उडानमा १८ जना यात्रुसहित गोमाको विमान जोमसोम विमानस्थलमा अवतरण गरेको थियो ।
आन्तरिक तथा बाह्य पर्यटकको मागकै आधारमा सेवा विस्तार गरिएको एयरलाइन्सका अनिल शेरचनले जानकारी दिनुभयो । एयरलाइन्सले तत्काललाई नेपालीलाई रु दुई हजार ६०० र विदेशी यात्रुलाई ११३ अमेरिकी डलर शुल्क तोकिएको छ । यस अघिपनि जोमसोम–पोखरा रुटमा तारा र सिम्रिक एयरले पनि उडान भर्दै आएका थिए । गोमा एयरले यसअघि सुर्खेत र लुक्लामा उडान भर्दै आएको थियो ।








