जेठ ११ ।वीरगन्ज,सद्भभावना पार्टीका सहअध्यक्ष एवम् सभासद् लक्ष्मणलाल कर्णले आफ्नो संसदीय विकास कोषबाट विभिन्न विद्यालय र सङ्घसंस्थालाई कम्प्युटर वितरण गर्नु भएको छ ।
सोमबार आज विरगंजमा एक कार्यक्रमको आयोजना गरेर समारोहबीच नौ थान कम्प्युटर वितरण गरेको छ ।
कम्प्युटर प्रदान गर्ने संस्थामा चित्रगुप्त मन्दिर माईस्थान, मधेसी पत्रकार समाज, सहयात्री समाज, जिल्ला ट्राफिक कार्यालय, हरिहरराज उपाध्याय निमावि खेस्राहा, नेपाल राष्ट्रिय निमावि डकैला बहुअरी, नेपाल राष्ट्रिय निमावि कटी बलुवा, सुखचैना उच्च मावि परवानीपुर र मकतब इस्लामिया“ दारुल बनाती सिर्सिया रहेका छन् ।
सहअध्यक्ष एवम् सभासद् लक्ष्मणलाल कर्णले विद्यालय वा सङ्घसंस्थाको काम कारबाहीलाई बढी प्रभावकारी सहज बनाउन तथा विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गर्नका लागि कम्प्युटर प्रदान गरिएको बताउनुभयो ।
चित्रगुप्त मन्दिर कार्यसमितिका ब्रह्मदेवलाल दासको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय सदस्यद्वय निजामुद्दिन समानी र बाबुलाल यादवले सूचना प्रविधिको युगमा कम्प्युटरको पहुँच आम जनतामा पुर्याउनुपर्नेमा जोडदिनुभयो ।








