अपडेट न्युज :कालिगण्डकीमा निरन्तर पहिरो गएकोले सेनाले तत्काल ताल फुटाउन नसक्ने

Kaligandakiजेठ १० । राती १ बजेदेखि गएको पहिरो बिहान सम्म पनि निरन्तर झरिरहेकोले थुनिएको कालिगण्डकी ताल फुटाउन कठिन भएको छ । चट्टान खस्न नरोकिएसम्म ताल फुटाउन नसकिने अवस्था रहेको नेपाली सेनाले जनाएको छ ।
घटनाका कारण सेनाले कालिगण्डकी थुनिएको वरिपरिको क्षेत्रलाई ‘नो म्यान ल्यान्ड’ घोषणा गरेको छ । निरन्तर पहिरो खस्ने क्रम नरोकिएकाले ताल किनारसम्म कोही पुग्न सकेका छैनन भने चट्टान खस्न नरोकिएसम्म ताल फुटाउने प्रयत्न सुरु नगरिने सेनाले जनाएको छ ।

डीसएपी हीराबहादुर गिरीका अनुसार ठूल्ठूला ढुंगाहरू आएर नदी थुनिएकाले ताल सजिलै फुट्ने सम्भावना पनि छैन । स्थानीयका अनुसार वैशाख १२ को महाभूकम्प र त्यसयताका विभिन्न पराकम्पनहरूले नदी सतह देखि १५ सयउ मिटर माथि सम्मको पहाडमा धाँजा फाटेको थियो ।

सेनाले नदी तटीय क्षेत्रका सवै बस्तीहरू खाली गराइसकिएको छ ।

सम्बन्धित शिर्षकहरु