झापामा रूखले थिचेर एक नाबालिकाको मृत्यु,एक महिला घाइते

जेठ १० । दमक, झापाको बेलडाँगी भुटानी शरणार्थी शिविरमा रूखले थिचेर एक नाबालिकाको मृत्यु भएको छ । हावाहुरीले ढलेको रुखले थिचेर नाबालिकाकी आमा घाइते भएकी छन् ।शनिबार बेलुकी ९ बजेतिर आएको हावाहुरीका कारण रूखले थिचेर बेलडाँगी–२ सेक्टर बी–वान छाप्रो नम्बर ९७ बस्दै आएकी चार वर्षीया एलिना राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घाइते ३५ वर्षीया मनमाया राईको भने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ ।

सम्बन्धित शिर्षकहरु