सेतो गुम्बाद्वारा एक करोडको राहत सहयोग

काठमाडौँ,नागार्जुन नगरपालिकास्थित सेतोगुम्बाले भूकम्पपीडितको लागि करिब रु एक करोडको राहत वितरण गरेको छ ।

रसुवाका हाकु, गतलाङ, थुमनलगायत गाविस तथा सिन्धुपाल्चोकमा अहिलेसम्म २२ हजार बोरा चामल, तेल, नुन, कम्बल, दुई हजार थान त्रिपाललगायत सामग्री उपलब्ध गराएको हो । गुम्बाले भूकम्पपछि रामकोटका बासिन्दालाई नियमित रुपमा खाना खुवाउने र विपन्न वर्गलाई विभिन्न राहत सामग्री दिएर सहयोग गर्दै आएको छ ।

गुम्बाका राहत व्यवस्थापन समितिका संयोजक जिग्मे लामाले आगामी दिनमा गुम्बाले अतिभूकम्प प्रभावित क्षेत्रमा प्राथमिकता छुट्याएर मोटर बाटो नपुगेका स्थानमा समेत राहत वितरण गर्ने योजना राखेको र तीन हजार थान त्रिपाल वितरणका क्रममा रहेको जानकारी दिनुभयो ।

उहाँलेभूकम्पलेनिम्त्याएकोप्रकोपकोसामनागर्नसंयमभईएकार्काप्रतिमानवीयसहयोगगर्नआवश्यकरहेकोबताउनुभयो।

सम्बन्धित शिर्षकहरु