भूकम्पबाट बढी प्रभावित व्यक्तिलाई सरकारले विशेष व्यवस्था गर्ने

जेठ ३ ।काठमाडौं,महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले भूकम्पबाट समस्यामा रहेका विशेष अवस्थाका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएकाहरुलाई सरकारले विशेष कार्यक्रमा ल्याउने भएको छ । मन्त्रालयले त्यस्ता व्यक्तिलाई राख्न संक्रमणकालीन पुनस्थपना केन्द्रका स्थापना गर्ने गरी तयारी थालेको छ ।

गर्भवती, सुत्केरी वा अरु समस्या भएका महिला, जेष्ठ नागरिक, बालबालिकाका तथा अपाङ्गता भएकाहरुका लागि सम्वन्धित क्षेत्रबाट विशेष व्यवस्था ल्याउने गरी तयारी भइरहेको मन्त्रालयका सह–प्रवक्ता रामप्रसाद भट्टराईले बताउनुभयो ।

मन्त्रालयले विभिन्न आठ जिल्लामा लैङ्गिक हिसांबाट पीडित, बेचविखनबाट प्रभावित महिलालका लागि आवास केन्द्र स्थापना गरेकाले तत्कालका लागि बढी प्रभावित महिलालाई त्यसमा राख्ने व्यवस्था मिलाएको जानाएको छ । काठमाण्डौमा जेष्ठ नागरिकका लागि केही दिन भित्रै पुनस्थापनका केन्द्र सञ्चालन तयारी अवस्थामा रहेको पनि मन्त्रालयले जनाएको छ ।विशेष अवस्थाका व्यक्तिलाई समस्या परेमा सह प्रवत्ता भट्टराईको मोवाइल नम्वर ९८५१०९९८९७ वा कार्यालय समयमा मन्त्रालयको टेलिफोन नम्वर ०१४२००२५१ मा फोन गरेर जानकारी लिन भट्टराईले आग्रह गर्नु भएको छ ।

सम्बन्धित शिर्षकहरु