महाभूकम्पमा परी मृत्यु हुनेको पछिल्लो तथ्यांक- ५ हजार २६६ जना (सुची सहित)

रमेश अधिकारी-

sindhu

बैशाख १७, काठमाडौँ- गृह मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार महाविनासकारी भूकम्पमा परी अहिलेसम्म देशभर पाँच हजार २६६ जनाको मृत्यु भएको छ ।

मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको सङ्ख्या अहिलेसम्म १० हजार ३४८ पुगेको छ ।

काठमाडौँमा एक हजार ४ सय ७७, भक्तपुरमा २५९ र ललितपुरमा १६९ जनाको मृत्यु भएको छ । त्यस्तै सिन्धुपाल्चोकमा एक हजार ५८७, धादिङमा ३७३, रसुवामा ३०२ र काभ्रेमा २७३ जनाको मृत्यु भएको छ ।

यसैबीच भूकम्पबाट सबैभन्दा बढी क्षति भएको सिन्धुपाल्चोकको कतिपय दुर्गम गाबिसहरुमा उद्दार टोली पुग्न नसकेको र काठमाडौँका भाग्नाबसेशहरुमा पनि कयौ व्यक्तिहरु पुरिएको हुदा मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

यो समाचार पनि पढ्नुस 

कहाँ कतिजनाको मृत्यु?

उपत्यका – मृतक – १४७७ घाईते – २४४३ (अन्य डिस्चार्ज गरिएको)

काठमाडौ – १०४९

ललितपुर – १६९

भक्तपुर – २५९

पूर्व क्षेत्र – मृतक – ५१ घाईते – २६१

भोजपुर – २

सुनसरी – ७

सोलु – २२

ओखलढुंगा – १७

ताप्लेजुंग – १

मोरङ् – २

मध्य क्षेत्र – मृतक ३३२२ घाईते ३७१५

रामेछाप – २४

सिन्धुपाल्चोक – १५८७

धनुषा – १

मकवानपुर – ३४

रसुवा – ३०४

दोलखा – ६०

चितवन – ६

नुवाकोट – ६३८

धादिङ – ३७३

सिन्धुली – ९

बारा – ५

पर्सा – ५

सर्लाही – १

रौतहट – १

काभ्रे – २७४

पश्चिम क्षेत्र – मृतक ४१४ घाईते ११६६

गोरखा – ४०६

कास्की – २

नवलपरासी – १

तनहु – १

लमजुङ्ग – ४

मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २०

रोल्पा १

रुकुम १

सम्बन्धित शिर्षकहरु