सिन्धुपाल्चोकका केही गाविस अझै सम्पर्क विहिन

वैशाख १६ ।मेलम्ची,सिन्धुपाल्चोक जिल्लाको केही गाविस र वडाहरूका बासिन्दाहरुसँग अझै पनि कुनै सम्पर्क हुन सकेको छैन ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भोताङ, बरुवा, खाँसखर्क गाविसको वडा नंं ७, ८ र ९ मा पर्ने जतन गाउँ, इचोक गाविसको सुर्सिङ, पातिङलगायत क्षेत्रको अवस्था पनि अझैसम्म अज्ञात रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ ।
मेलम्चीबाट करिब ४० किलोमिटर टाढा रहेका यी क्षेत्रमा पुग्ने बाटोसमेत अवरुद्ध भएको र भौगोलिक अवस्था पनि विकट रहेकाले पुग्न समस्या भएको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।उहाले अब बिस्तारै परिवर्तन भएको मौसम र भूकम्पको अवस्था अनुसार त्यस स्थान तर्फ पुग्न छिट्टै पहल गरिने जानकारी दिनु भयो ।

सम्बन्धित शिर्षकहरु