काठमान्डौ । विश्वकै धुरि सगरमाथा बाट पनि लाश ल्याने काम शुरु भएको छ । सगरमाथा आधार शिविरमा भुकम्पको कारण आइतबारसम्म १८ शव फेला परेका छन् । तिनलाई काठमाण्डौ ल्याउन हेलिकप्टर प्रयोग गरिएको प्रत्यक्ष दर्शि तथा मकालु एडभेन्चर ट्रेकिङ एजेन्सीका प्रमुख मोहन लम्सालले जानकारी दिएका छन्। मर्नेमा अधिकांश नेपाली शेर्पा रहेका छन्। । सरकारका अनुसार १८ शव र ७१ जना घाइतेलाई आइतबार काठमाडौं ल्याइएको छ भने अन्यको खोजि र उद्दार कार्य जारि रहेको बताइएको छ। अन्य हिमाल आरोहण मा गएका पर्वतारोहि समेत हताहत भएको खवर प्राप्त भई रहेको छ।








