अस्ट्रेलियामा हुने संक्रान्ति फेष्टिभलमा खड्क र मुनाको स्वर गुन्जिने

पुस २३, सिड्नी- मगर समाज अष्ट्रेलियाले जनवरी १७ तारिखका दिन माघे संक्रान्ति महोत्सव आयोजना गर्ने भएको छ । महोत्सबमा चर्चित लोक गायक खड्ग गर्बुजा र गायिका मुना थापाले आफ्नो प्रस्तुति दिनुनुहुने छ ।

महोनी पार्क म्यारिकभिलमा आयोजना गरिने कार्यक्रममा मगर जातिको पहिचान झल्किने संस्कृति प्रदर्शन, खानाका स्टलहरुसहित मनोरञ्जनका विविध कार्यक्रम हुनेछ ।

कार्यक्रममा सबै अस्ट्रेलियाबासी नेपालीहरुलाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक मगर समाज अष्ट्रेलियाले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु