आज लोकतन्त्र दिवस

Celebration-of-Loktantraवैशाख ११ ।काठमाडौं,विसं २०६२/६३ को आन्दोलनको सफलतालाई सम्झना गर्दै आज लोकतन्त्र दिवस मनाइदैछ । २०६३ साल वैशाख ११ गते सफल भएको दिनको सम्झनामा बिभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाईंदैछ । १० वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ ।

तत्कालीन नेकपा (माआवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न गरी जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो ।देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन संविधानसभा सम्मको यात्रा यही आन्दोलनको उपलब्धि स्वरूप अघि बढे पनि अबरुद्ध संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्याउनु अहिलेको मुख्य चुनौती बनेको छ ।

सम्बन्धित शिर्षकहरु