
वैशाख ९ । काठमाडौ,राजधानीमा निर्माण भएका मध्ये ८५ प्रतिशतभन्दा बढी अपार्टमेन्ट तथा हाउजिङ विक्री भएका छन् । हालसम्म निर्माणसम्पन्न ८६०९ युनिट हाउजिङ तथा अपार्टमेन्टमध्ये ७२७४ युनिट विक्री भइसकेको अध्ययनले देखाएको छ ।
घरजग्गाको क्षेत्रमा लामो समयदेखि अध्ययन/अनुसन्धान गर्दै आएको वृहत्त इनभेस्टमेन्ट प्रालिले तयार गरेको प्रतिवेदनअनुसार यतिबेला उपत्यकामा १३३५ युनिटमात्र बिक्री हुन बाँकी छ । नयाँ निर्माणको क्रम सुस्त देखिएकाले ६ महिनाभित्रै उपत्यकामा हाउजिङ तथा अपार्टमेन्ट अभाव हुने प्रतिवेदनमा औल्याइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको सहरी विकास समितिले सार्वजनिक गरेको प्रतिवेदनले रियल स्टेट ब्यवसायमा सुधार आएको निश्कर्ष निकालेको छ ।
गत वर्ष डेभलपर्सबाट निर्माण सम्पन्न गरिएका ८१९ युनिट हाउजिङ बिक्री भएका छन् । अपि्रल १५ देखि १९ सम्म विभिन्न ६६ वटा परियोजनामा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता डा. सोपोन प्रोन्चोक्चाई लगायतले स्थलगत अध्ययन गरेका थिए ।
यसअघि सन् २०१२ मा गरिएको अध्ययनअनुसार ५९ प्रतिशतमात्र विक्री भएको देखिएको यिो । सो अध्ययनमा बाँकी युनिट १४ महिनामा बिक्री भइसक्ने उल्लेख थियो ।कारोबार दैनिकबाट साभार ।








