समुद्रमा पानी जहाज डुब्दा सात सय आप्रवासी यात्रु मारिएको आशंका

रोम,गैरकानूनी रुपमा युरोपतर्फ मानव तस्कर गरिएका व्यक्तिहरु चढेका एक डुङगा शनिबार लिबियानजिकै एक समुद्रमा डुब्दा करिब सात सय व्यक्ति मारिएका आशङ्का गरिएको संयुक्त राष्ट्र सङघीयउच्च शरणार्थी आयोगले जानकारी दिएको छ ।
सो आयोगका प्रवक्ता कार्लोट्टो सामीले इटालीको स्काईटिजी २४ समाचार प्रसारण टिभी च्यानललाई आइतबार जानकारी दिएको छ ।
सो आयोगका अनुसार सो दुर्घटनाबाट २८ व्यक्तिलाई मात्र जीवितै उद्धार गरिएको छ । उद्धार गरिएका ती व्यक्तिहरुका अनुसार सो डुङ्गामा ७०० भन्दा बढी व्यक्ति सवार रहेका थिए ।
यद्यपि माल्टा नौसेनाका अनुसार शनिवार मध्यरातमा भएको सो दुर्घटनाको समयमा ६५० व्यक्ति सवार रहेका थिए । सो डुङ्गा दुर्घटना लिबियाको तटिय क्षेत्रदेखि ९६ किलोमिटर टाढा र इटालीको लवाम्पेडुसा द्विपदेखि १९३ किलोमिटर दक्षिणमा रहेका जनाइएको छ ।
यस दुर्घटना दुईवटा डुङ्गा दुर्घटनाबाट ४५० व्यक्तिको मृत्यु भएको एक हप्तापछाडी भएको जनाइएको छ । एक हप्ता अगाडि भएको दुई दुर्घटनामा युरोपतर्फ गईरहेका सयौं व्यक्तिलाई इटालीको तटीय क्षेत्रमा उद्धार गरिएको थियो ।
यस वर्षको सुरुदेखि हालसम्म लिबिया र इटालीकोबीचमा भएका डुङ्गा दुर्घटनामा परी करिब एकहजार ५०० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
हिजो भएको दुर्घटना हालसम्मकै सबभन्दा ठूलो मध्यपूर्वको दुर्घटना भएको जनाइएको छ । एएफपी

सम्बन्धित शिर्षकहरु