बैशाख ३ ।काठमाडौ,पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको बुधवार राती नयाँ दिल्लीमा निधन भएको छ । ८८ वर्षको उमेरका थापाको भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
गएको शुक्रबार उहाँको सो अस्पतालमा अल्सरको शल्यक्रिया गरिएको थियो ।शल्यक्रियापछि स्वास्थ्यमा केही सुधार आईरहेको भएपनि श्वास प्रश्वास समस्या भएपछि थापालाई भेन्टिलेटरमा राखिएको थियो ।
पाँच पटक मुलुकको प्रधानमन्त्री हुनु भएका थापालाई आज ईण्डियन एयरफोर्सको विमानबाट काठमाडौ ल्याईने र त्यसपछि केही समय श्रद्धान्जलीकोलागि उहाकै निवास मालिगाउमा राखिने परिवारले जनाएका छन । त्यसपछि सार्वजनिक श्रद्धान्जलीको लागि राखेर भोली राष्ट्रिय सम्मानका साथ उहाको अन्तेष्ठी गरिने पार्टीले जनाएको छ । थापा अत्यन्त कुशल राजनीतिज्ञका रुपमा स्थापित हुनुहुन्थ्यो ।
उहाँले २०१५ सालमा गठित सल्लाहकारसभाको अध्यक्षको जिम्मेवारी बहन गर्नुभएको थियो ।धनकुटाको मुगा गाविसमा जन्मनुभएका पूर्वप्रधानमन्त्री थापाको जन्म १९८४ चैत ५ गते भएको थियो ।उहाँको पार्थिक शरीरलाई आजै अपराह्न काठमाडौँ ल्याउने तयारी भइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सहप्रवक्ता किरण गिरीले बताउनुभयो । हकी स्वभावका थापाले संविधानसभा पार्टीको समानुपातिकतर्फका सभासद थापा संविधानसभाका ज्येष्ठ सदस्य भएकाले सभाध्यक्षको भूमिका पनि निभाउनु भएको थियो । उहाँका निधनलाई लिएर राप्रपा केन्द्रीय समितिको आकस्मिक बैठक बिहानदेखि
बसिरहेको छ ।








