सिड्नी,अष्ट्रेलियाको प्रमुख प्रतिपक्षी दल लेवर पार्टीका नेताहरुले नेपालीलाई नयाँ बर्ष २०७२ को शुभकामना व्यक्त गरेका छन ।अष्ट्रेलियन लेवर पार्टीका तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने छाया प्रधानमन्त्री विल शोर्टेन र नागरिकता तथा बहुसाँस्कृतिक छायामन्त्री मिशेल रोल्याण्डले संयुक्त पत्र लेखेर नेपालीलाई नँया बर्षको शुभकामना दिएका छन । अष्ट्रेलीयन लेवर पार्टीमा सक्रीय नेपाली समुदायका नेता भरत नेपाल मार्फत नेताहरुले नेपालीहरुलाई नयाँ बर्ष २०७२ को शुभकामना दिएका हुन् । विशेष गरी अष्ट्रेलियावासी नेपालीहरुको भावनालाई कदर गर्दै उनीहरुले यस्तो शुभकामना व्यक्त गरेका हुन । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समूदायले पनि शुभकामनाप्रति धन्यबाद ज्ञापन व्यक्त्त गरेका छन ।
उनीहरुले शुभकामना वक्त्व्यमा भनेका छन्, “लेबर पार्टीको संघीय संसदीय दलका तर्फबाट हामी नेपाली नयाँ बर्ष मनाउने सबै अष्ट्रेलियनहरुलाई हार्दिक शुभकामना दिन चाहन्छौं ।” बक्तव्यमा नेपाली संस्कृति, खाना र संगीतको प्रभाव अष्ट्रेलियन जीवनमा समेत परेकोमा खुशी व्यक्त गरिएको छ । शुभकामनामा भनिएको छ, “अष्ट्रेलियन लेवर पार्टी अष्ट्रेलियालाई सफल राष्ट्र बनाउन महत्वपूर्ण योगदान गर्ने नेपाली समुदायलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।”








