नेपाल आदिबासी जनजाति मंच अस्ट्रेलिया (निन्फा)ले जातीय राजनीतिक र धार्मिक संस्थाहरुमा आवद्द व्यक्तिहरुलाई एन आर एन आई सि सी को कार्यकारी पदमा रहन नदिने भन्ने निर्णयको घोर भर्सना गरेको छ ।निन्फाको संयोजकत्वमा बिभिन्न संघ सस्थाहरुको उपस्थितिमा बसेको संयुक्त बैठकले एनआरएन अस्ट्रेलियाको निर्णयको विरोध गरेको हो ।
एनआरएनको यो निर्णयमा यस सस्थाको अपरिपक्कता देखिएको र एन आर एन ए ले नेपाल सरकारबाट सम्बोधित कानुनको धज्जी उढाएको निन्फाको आरोप छ ।यस सस्थाले सम्पूर्ण एनआरएनलाई समेट्न नसक्न्ने निर्क्योल गर्दै बैकल्पिक स्वच्छ समाबेसी ब्यावसायी भन्दा सेवामुखी एन आर एन गठन गर्नु पर्ने माग उनीहरुले गरेका छन ।
यही १९ अप्रिल २०१५ आइतबारका दिन २ बजे समावेशी गैर आवासीय नेपाली संघ अस्ट्रेलिया घोषणा गरिने (एन. आर. एन. ए ) घोषणा गर्नका लागि निन्फाले विज्ञहरु, जुन सुकै संगठन, संघ -सस्था र व्यवसायीहरुलाई यो भेलामा सहभागि हुन आग्रह गरेको छ । एस्बुरी सिनियर सिटिजन्शिप हलमा आयोजना हुने
यस घोषणा कार्यक्रमको बिस्तृत जानकारीको लागि निन्फाले यी व्यक्त्तिहरुलाई (चित्र बहादुर तुम्बा हान्ग्फे ०४३३ ९११ ७२७,अरुन तमाङ ०४२४ ३२४ ३१६, समिर बान्तवा -०४३३ ८१९ ३९९) संपर्क गर्न आग्रह गरेको छ ।








