बैशाख १ । काठमाडौ,शान्ति मन्त्रालयले माओवादी लडाकू व्यवस्थापन, द्धन्द्धबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण लगायत कार्यमा अहिलेसम्म ४० अर्ब रुपैयाँ खर्च भएको जानकारी दिएको छ ।व्यवस्थापिका संसदको सामाजिक, न्याय तथा मानवअधिकार समितिको सोमबार बसेको बैठकमा द्धन्द्ध पीडितलाई राहत र पुनःस्थापनामा समेत गरेर उक्त्त रकम खर्च भएको विवरण प्रस्तुत गरिएको हो । शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव खुमराज पुञ्जालीले समितिलाई खर्च बिबरण बारे जानकारी गराउँदै माओवादी लडाकू व्यवस्थापनामा १९ अर्ब ६१ करोड ९ लाख ५६ हजार ५ सय ५५ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । त्यस्तै शिविर व्यवस्थापनामा ९ अर्ब ७९ करोड ६८ लाख ८० हजार २ सय रुपैयाँ, बाटो निर्माण खानेपानी, विद्युत् लाइन पुनःनिर्माणमा १ अर्ब ५४ करोड ४८ लाख १५ हजार रुपैयाँ खर्च भएको उहाँले तथ्याङ्क पेश गर्नुभयो ।
चालु आथिर्थ वर्षमा पनि पुनःनिर्माण तथा पुनःस्र्थापना कार्यक्रममा १२ सय ४३ ओटा आयोजनालाई १ अर्ब २७ करोड, ७७ लाख ७१ हजार र शान्तिका लागि विकास कार्यक्रम अन्र्तगत १५ सय १२ आयोजनालाई ५० करोड रुपैयाँ छुट्याइएको सचिव पुञ्जालीले बताउनुभयो । बैठकमा सांसदहरुले पहुँचवालाले मात्र राहत पाएको र नक्कली कागज बनाएर टाठाबाठाले मात्र रकम बुझेको गुनासो गरेका गरेका थिए । शान्ति मन्त्रालयका सचिवले यतार्थ छानविन भइरहेको र जग्गा कब्जा भएकालाई पनि राहत दिने तयारी भइरहेको बताउनुभयो ।
यसैबीच न्द्वकालमा क्षतिग्रस्त भएका भौतिक पूर्वाधारको पुननिर्माण र द्वन्द्व प्रभावितहरुलाई राहत वितरणको अवस्था अध्ययनका लागि व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले चार वटा कार्यदल गठन गरेको छ ।








