चैत ३० ।भद्रपुर,झापाको पृथ्वीनगर गाविसको हिमाल चोकमा डाँकाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आफ्नै घरमा डकैती गरेका डाँकाहरुको समूहले गएराति आक्रमण गर्दा घरधनी देवकुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।आइतबार राति १२ः३० को समयमा हतियारधारी डाँकाले थोक बिक्रेताको पसल रहेको धनी श्रेष्ठको पसलमा सुन १० तोला र नगद रु एक लाख ८० हजार लुटेर भागेका छन् ।
लगभग १६\१७ जनाको समूहमा आएका डाँकाको आक्रमणबाट डाँकाको आक्रमणबाट सख्त घाइते भएका श्रेष्ठको उपचारका क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको हो । अन्य दुईजना घाइते भएको प्रहरीले जनाएको छ । थप विवरण सङ्कलन भइरहेको बताइएको छ ।








