बागलुङ,बागलुङ क्षेत्र नं.१ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार चम्पादेवी खड्काले १७ हजार एकसय ५४ मत प्राप्त गरेर विजयी हुनु भएको छ । उहाका निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार मनकुमारी केसीले १५ हजार ६८ मत पाउनु भयो । एमाओवादीका कृष्ण केसीले २ हजार ५ सय ५ मत मात्र प्राप्त गर्नुभयो । कम मतका कारण एमाओवादी उम्म्दवार केसीसहित ११ जना उम्मेदवारको जमानत जफत भएको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५२ हजार २ सय २ मतदाता रहेको निर्वाचन क्षेत्रमा ३८ हजार २ सय ९० मत खसेको थियो ।शनिबार सम्पन्न चुनावमा करिव ७० प्रतिशत मतदान भएको अनुमान गरिएको थियो। काँग्रेसका सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा निधन भएपछि, हिजो भएको उपनिर्वाचनमा १० राजनीतिक दल र स्वतन्त्र १३ उमेदवारले भाग लिएका थिए । विजयी चम्फादेवी खड्काकी श्रीमती हुनुहुन्छ ।एमाओवादीले सुरुमा पार्टी प्रवक्ताद दिनानाथ शर्मालाई टिकट दिएकोमा उनले बिरामी भन्दै टिकट फिर्ता गरेका थिए। नेपाली कांग्रेसका निर्वाचित हरी खड्काको दुर्घटनामा मृत्यु भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो।नेकपा एमालेले बाग्लुङको उपनिर्वाचनमा नेपाली कांग्रेसले धाँधली गर्ने उद्देश्यले बल प्रयोग गरेको आरोप लगाएको छ ।मत परिणाम आफ्नो पक्षमा पार्न कांग्रेसले प्रहरी शक्तिको दुरुपयोग गरी एमालेका ६ जना कार्यकर्तालाई पक्राऊ गरेको आरोप एमाले प्रचार विभागले लगाएको छ । मतदानमा एमालेको प्रभाव देखिएपछि धाँधलीका लागि प्रधानमन्त्री सुशील कोइरालाको ठाडो निर्देशनमा एमाले कार्यकर्तालाई गिरफ्तार गरिएको आरोप लगाइएको छ । आफ्ना कार्यकर्ताको रिहाइ नभएसम्म मतगणना गर्न नदिने एमालेको अडानको कारण केहीबेर मतगणनामा ढिलाइ भएको थियो ।








