पुर्व राजा ज्ञानेन्द्र शाह दिल्ली जाँदै

gyanendraचैत २७ ।काठमाडौ,पुर्व राजा ज्ञानेन्द्र शाह आज भारतको दिल्ली जाँदै हुनुहुन्छ ।पूर्व रानी कोमलको स्वास्थ्य उपचारका लागि भन्दै पूर्व राजा ज्ञानेन्द्र दिल्ली जान लाग्नुभएको हो ।आज २ बजे इण्डियन एयरलाइन्सको विमानबाट भारतको राजधानी नयाँ दिल्ली जाने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । स्वास्थ्य उपचार भएपनि उहाँले दिल्लीमा रहँदा राजनीतिक भेटघाट पनि गर्नुहुनेछ ।निजी भ्रमण भनिएपनि नयाँ बन्ने संविधानमा नेपाललाई हिन्दुराज्य बनाउनुपर्ने माग गर्दै राप्रपा नेपाल र नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको समूहले आन्दोलन चर्काउन खोजिरहेको अवस्थामा उहाको भारत भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

भेटघाटको वाताबरण मिलाउन पूर्व युवराज्ञी हिमानी यसअघि नै दिल्ली गइसक्नु भएको छ । लामो समय थाइल्याण्डमा बसेर नेपाल फर्किएका युवराज पारशसँग नभेटी पूर्व राजा ज्ञानेन्द्र भारत जान लाग्नुभएको हो ।
भारतमा एकहप्ता बसेर फर्किने पूर्व राजदरबारका सदस्यसचिव डा फणिराज पाठकले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षकहरु