२६ वर्षिय एक युवकको लिङ्ग काटियो

चैत २७ । जनकपुर,धनुषाको एकराही-१ बस्ने २६ वर्षिय एक युवकको लिङ्ग काटिएको छ । आफ्नै नाता पर्ने एक महिलाले बिहीबार ललित पासवानको लिङ्ग काटिदिइकी हुन । पासवानको जनकपुर अञ्चल अस्पतलाई उचार भइरहेको प्रहरीले जनाएको छ भने महिलालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरीले जनाएको छ ।

लिङ काट्ने महिलाको श्रीमान वैदेशिक रोजगारमा खाडी मुलुकमा रहेको प्रहरीले बताएको छ । प्रहरीले गरेको घटनाको प्रराम्भिक अनुसन्धान अनुसार दुवैबीच रहेको अवैध शरीरिक सम्बन्धमा दरार आएपछि यस्तो घटना भएको हो ।करिव डेढ महिना अघि पनि धनुषाको लोहनामा एक युवालाई आफ्नै काकीले लिङ्ग कटिदिएका थिईन ।

श्रीमान विदेशमा रहेको समयमा ति युवाको आफ्नै काकीसँग अवैध शारीरिक सम्बन्ध रहेको थियो । ति महिला आफुलाई धोका दिएर अर्की केटीसँग वैवाहिक सम्बन्धमा बा्ँधिएपछि आक्रोशमा आएर त्यस्तो गरेको प्रहरीसँगको बयानमा बताएकी थिइन । हाल उनी महोत्तरीको जलेश्वर कारागारमा रहेकी छिन् । पछिल्लो समय धनुषा यस्ता घटनाका वृद्धि भएको छ । पछिल्लो ४\५ अन्तरालमा करिव आधा दर्जन यस्ता घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु