आमहड्ताल फिर्ता लिने निर्णयप्रति मोर्चा भित्रैबाट विरोध

30 dalचैत २५ ।काठमाडौ,३० दलीय मोर्चाले तीनदिने आमहड्ताल आह्वान गरेर हिजो पहिलो दिन सकिएसँगै राति फिर्ता लिएपछि मोर्चाको घटक मधेशी जनअधिकार फोरम नेपालले आन्दोलन फिर्ताको विरोध जनाएको छ । पार्टीले एक बिज्ञप्ती सार्वजनिक गर्दै सत्तारुढले वार्ताको सार्थक पहल नगरी उत्कर्ष पुग्न लागेको आन्दोलन फिर्ता लिन नहुने दावी गरेको छ । त्यस्तै सद्भावनाका नेता राजेन्द्र महतोलेपनि बन्द फिर्ताको विरोध गर्नुभएको छ् ।

आमहड्ताल फिर्ताको निर्णयले सहमतिको वातावरण बनेको भन्दै सत्तापक्षले स्वागत गरिरहेका बेला मोर्चाभित्र अविश्वास सिर्जना भएको हो । तीन दिने आमहड्ताल पुरा नभई २ दिन फिर्ता लिएपछि ३० दलीय बिपक्षी मोर्चामा असन्तुष्टि बढेको छ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारलाई सत्तापक्षसँग मिलेको आरोपमा मोर्चा छोड्न दबाब आएको स्रोतले जनाएको छ । सत्तारुढ कांग्रेस, एमालेसँग गोप्य वार्ता गरेको, तीस दलीय मोर्चाको नीतिविपरीत दोहोरो चरित्र देखाएको भन्दै मोर्चाका नेताहरुले दबाब दिन थालेका हुन् ।गच्छदारका कारण उत्कृर्षमा पुगेको आन्दोलनका कार्यक्रम फिर्ता लिन बाध्य भएको आरोप उहाँलाई लगाइएको छ । संघीय समाजवादी पार्टीका एक केन्द्रीय नेताका अनुसार आमहड्तालको अघिल्लो दिन सत्तारुढ दलसँग गच्छदारले वार्ता गरेर आन्दोलन तुहाउने प्रयासमा लागेको अधिकांश नेताले ३० दलीय मोर्चाको बैठकमा आरोप लगाएका थिए ।मोर्चाले तीनदिने आमहड्ताल आह्वान गरेर हिजो पहिलो दिन सकिएसँगै राति फिर्ता लिने निर्णय गरेको थियो ।

सम्बन्धित शिर्षकहरु