प्रधानमन्त्री कोइराला र उद्योग वाणिज्य महासङ्घको टोलीबीच भेट

चैत्र २३ ।काठमाडौं, नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यबाहक अध्यक्ष पशुपति मुरारका नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरेको छ ।
प्रधानमन्त्री निवासमा भएको भेटमा मुलुकको आर्थिक अवस्था, उद्योग वाणिज्यको क्षेत्रमा समस्या,तिनको समाधानका उपाय, आर्थिक विकासका लागि तयार गर्नुपर्ने अनुकूल वातावरणका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवलायले जनाएको छ ।
प्रधानमन्त्री कोइरालाले देशको आर्थिक र सामाजिक विकासको लागि अहिले अनुकूल समय रहेकोले त्यसलाई सदुपयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँले अहिले कायम भएको शान्ति,स्थायित्व र विकासको वातावरणलाई अझ अनुकूल बनाएर लैजानु पर्ने अपरिहार्यतालार्ई जोड दिदै भन्नुभयो, “यो अन्तिम अवसर हुन सक्छ,त्यसैले सबैले शान्ति,स्थायित्व,संविधान र विकासलाई प्राथमिकतामा राख्ने पर्छ ।”
नेपालको उद्योग वााणिज्य क्षेत्रको छाता सङ्गठनको रुपमा रहेको उद्योग वाणिज्य महासङ्घका कार्यबाहक अध्यक्ष मुरारकाले नेपालमा लगानीको लागि अनुकूल वातावरण बन्दै गएको उल्लेख गर्नुभएको थियो ।

सम्बन्धित शिर्षकहरु