रौतहटको गौरमा कर्फ्यु हट्यो

चैत २२ ।रौतहट,सदरमुकाम गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आजदेखि हटाइएको छ । गौरमा केही दिनदेखि उत्पन्न असहज परिस्थिति सामान्य बन्दै गएपछि बिहान चार बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले शनिबार दिउँसो २ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो । यसैबीच आन्दोलनरत पक्षको माग सम्बोधन गर्न नेपाल रेडक्रस सोसाइटीको मध्यस्थतामा शनिबार साँझ बसेको वार्तामा कुनै सहमति हुन नसकेपछि आज बिहान ७ बजेदेखि पुनः वार्ता सुरु गरिएको हो ।

नापी र मालपोत कार्यालयको सेवा केन्द्र चन्द्रपुर नगरपालिकामा विस्तार गर्ने सरकारी निर्णयविरुद्ध केही दिनदेखि प्रदर्शन हुँदै आइरहेको छ । परिस्थिति असामान्य बन्दै गएपछि सरकारले सेवा केन्द्र विस्तार गर्ने निर्णय फिर्ता लिएको थियो ।

सम्बन्धित शिर्षकहरु