साँझ ६ बजेर २३ मिनेट जाँदा खण्डग्रास चन्द्र ग्रहण लाग्ने

chandra grahanचैत २१ ।काठमाडौ, आज चैत शुक्ल पूर्णिमा,साँझ ६ बजेर २३ मिनेट जाँदा खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपालको आकाशमा देखिने चन्द्रग्रहण साँढे ७ बजेसम्म देखिनेछ । पश्चिम एवं उत्तर अमेरिका, पूर्वी एसिया न्युजिल्याण्ड र अष्ट्रेलियमा पनि यो ग्रहण देखिने बताइएको छ ।
जनविश्वस रहिआए अनुसार ग्रहणको बेला गर्भवति महिलाले विशेष ध्यान पुराउन आवश्यक रहेको ज्योतिषहरुले बताएका छन् ।
ग्रहण सकिएपछि सफा खोलानाला आदिमा स्नान गर्ने प्रचलन रहेकोले आज लाग्ने चन्द्र ग्रहणपछि पशुपति नाथमा महास्नान हुने पशुपति विकास कोषले जनाएको छ । चन्द्रग्रहण लागेका बेला नाङ्गो आँखाले हेर्न नहुने वैज्ञानिकहरुले बताएका छन ।

सम्बन्धित शिर्षकहरु