हेटौंडामा आतंक मच्चाउने गैंडा पर्सा वन्यजन्तु आरक्षणभित्र

hetauda_gaida - Copyचैत १७ ।चितवन,हेटौंडाको मुख्य बजारमा आतंक मच्चाउने  गैंडालाई आज पर्सा वन्यजन्तु आरक्षणभित्र लगेर राखिएको छ ।पर्सा वन्यजन्तु आरक्ष र चितवन राष्ट्रिय निकुञ्जगरी चार हात्तीको सहयोगमा जंगल प्रवेश गराइएको हो ।पर्सा वन्यजन्तु आरक्ष र चितवन राष्ट्रिय निकुञ्जगरी चार हात्तीको सहयोगमा जंगल प्रवेश गराइएको हो । हिजो सहर पसेको गैंडाको आक्रमणबाट हेटौैंडा–६ की हरिमाया दाहालको मृत्यु भएको थियो भने ७ जना सर्वसाधारण घाइते भएको थिए ।गैंडा धपाउन हिजो बिहानैदेखि निकुञ्जका कर्मचारी, सेना, प्रहरी खटिए पनि सफल हुन सकेको थिएन । आज बिहान मात्र हातिको सहयोगमा गैडा नियन्त्रणमा लिइएको चितवन निकुञ्जका कर्मचारीले जानकारी दिए ।

 

सम्बन्धित शिर्षकहरु