भिजेको उम्मेदवार दिन नसक्दा पराजयः नेता अर्जुननरसिंह केसी

असार ४ । काठमाडौँ,  पूर्वमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा सही उम्मेदवार छान्न नसक्दा पार्टीले हार बेहोर्नु परेको बताउनुभएको छ । नुवाकोट–काठमाडौँ सम्पर्क समितिको गठनका अवसरमा आयोजित कार्यक्रममा  बोल्दै पार्टीले जनतामा भिजेको उम्मेदवार दिन नसक्दा स्थानीय तहको निर्वाचनमा हार व्यहोर्नुपरेको बताउनुभयो ।

साङ्गठनिक रुपमा बलियो बनाउँदै विगतका कमी कमजोरीलाई आत्मसमीक्षा गरेर पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा होमबहादुर तामाङको संयोजकत्वमा २० सदस्यीय सम्पर्क समिति गठन गरिएको छ । कार्यक्रममा बोल्दै तारकेश्वर गाउँपालिका काँग्रेस पार्टीका संयोजक होमबहादुर तामाङले तारकेश्वरको विकासका लागि पार्टीलाई सशक्त र चलायमान बनाउन खाँचो रहेको उल्लख गर्नुभयो ।

सम्बन्धित शिर्षकहरु