चैत १५ ।काठमाडौ, नेपाल पत्रकार महासंघको ६० औं वार्षिक उत्सवको अवसरमा आज रक्तदान कार्यक्रम भइरहेको छ ।
महासंघ केन्द्रीय समितिको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा रक्तदान कार्यक्रम जारी रहेको छ । स्थापना दिवसको सन्दर्भमा भोलि बिहान भृकुटीमण्डपबाट रत्नपार्क शान्तिबाटिकासम्म प्रभातफेरी निकाल्ने कार्यक्रम छ । सोही दिन दिउँसो २ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा जलपान कार्यक्रम आयोजना गरिने महासंघले जनाएको छ ।तीनदिने कार्यक्रम आयोजना गरी वर्षगाँठ मनाउने पूर्वनिर्धारित कार्यक्रमअनुसार हिजो सभासद्हरुसँगको मैत्रीपूर्ण फुटबलमा पत्रकार महासंघको टोली विजयी भएको थियो ।








