चैत १४ ।विराटनगर,गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने मोरङका १४ र सुनसरीका १६ वटा उद्योग तथा होटलका विरुद्धमा मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गुणस्तरहीन खाद्यान्न उत्पादन गरेको प्रमाण भेटिएपछि ती उद्योगविरुद्ध मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७१\०७२ को दोस्रो चौमासिक प्रगति सार्वजनिक कार्यक्रममा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मोरङका र सुनसरीका गरी ३० वटा उद्योग तथा होटलका विरुद्धमा मुद्दा दायर गरेको जनाएको छ ।
कार्यालयले मोरङका श्रीजल उद्योग विराटनगर, गङ्गा पेयजल उद्योग विराटनगर, स्वस्तिक आयल इन्डस्ट्रिज मोरङ, श्री श्याम एग्रो प्रोडक्ट मोरङ, खेतान चिया उद्योग विराटनगर, गुडलक वेभरेज मोरङ, स्क्वा एक्टिभ वेभरेज मोरङ, पूर्वाञ्चल निर्मलजल उद्योग विराटनगर, सरस्वती स्पाइसेज एन्ड फुड प्रोडक्ट विराटनगर, पूर्वाञ्चल निर्मलजल उद्योग विराटनगर, शान्तिजल उद्योग प्रालि विराटनगर, युनिक स्विट्स एन्ड स्न्याक्स मोरङ, स्विट्स एन्ड स्न्याक्स, क्वालिटी आयल रिफाइनरी प्रालि उद्योग र होटलका विरुद्ध मुद्दा दायर गरेको हो ।
त्यसैगरी सुनसरीका ओम सत्य साइ वाटर इन्डस्ट्रिज, एसियन थाइ फुड्स प्रालि, सागर फिट प्रोडक्ट्स, क्वलिटी डाइट एन्ड फुड प्रोटक्ट्स, कोसी जल उद्योग, कामधेनु दुग्ध सहकारी संस्था लिमिटेड, दिव्यश्वरी जल उद्योग, क्वालिटी डाइट एन्ड फुड प्रोडक्टस, पशुपति बिस्किट इन्ट्स्ट्रिज प्रालि, क्वलिटी डाइट एन्ड फुड प्रोडक्ट्स, बालाजी बिस्किट इन्डस्ट्रिज प्रालि, क्वलिटी डाइट एन्ड फुड प्रोडक्ट्स, पशुपति खाद्य तेल उद्योग, एसियन थाइफुड्स प्रालि, क्वलिटी डाइट एन्ड फुड प्रोडक्ट्सलाई पनि मुद्दा दायर गरिएको कार्यालय प्रमुख प्रमोद कोइरालाले जानकारी दिनुभयो ।
कार्यालयले यो अवधिमा मोरङ, सुनसरी, झापा, सप्तरी, उदयपुर, सिरहा, ओखलढुङ्गाका १४४ वटा उद्योगको अनुगमन तथा निरीक्षण गरेको प्रमुख कोइरालाले बताउनुभयो ।








