महाधिवेसन बारे छलफल गर्न देउवा पक्षको छुट्टै भेला

sher-bdr-deubaचैत ११ ।काठमाडौ, संस्थापन पक्षसँग असन्तुष्ट बनेको नेपाली काङ्रेसका वरीष्ठ नेता शेर बहादुर देउवाले आफ्नो खेमाका जिल्ला सभापतिको भेला बोलाउनु भएको छ । महाधिवेशनका विषयमा आन्तरिक छलफल गर्न पार्टी सभापति सुशील कोइराला र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाबीच समानान्तर भेला बोलाउने कार्यक्रम भैरहेको छ । क्रियाशील सदस्यता वितरण र नवीकरणका विषयमा छलफल गर्न भेला बोलाएको देउवा निकट नेताहरुले बताएका छन् ।

१३औं महाधिवेशन र सदस्य नवीकरणका विषयमा छलफल गर्न भेला बोलाएको देउवा निटकका नेता डा प्रकाश शरण महतले जानकारी दिनुभयो । संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको निर्णय र पार्टीको विधान विपरीत एकपक्षीय रूपमा क्रियाशील सदस्यता वितरण र नवीकरण गरेको आरोप लगाउदै देउवा पक्षले यसरी छुट्टै भेला बोलाएको हो । क्रियाशील सदस्यता वितरण प्रक्रिया पारदर्शी बनाउनुपर्ने र नियमसंगत नभएकाहरूको सच्याउनुपर्ने माग देउवा पक्षको छ ।

सम्बन्धित शिर्षकहरु