सप्त्तरिमा १ सय ९८ जना बिद्यार्थीको परीक्षा रद्द, ८ जना निरीक्षकलाई निष्काशन

चैत १०।सप्तरी,एसएलसी परीक्षामा चीट चोर्ने १ सय ९८ जना बिद्यार्थीको परीक्षा रद्द गरिएको छ भने ८ जना निरीक्षक निष्काशनमा परेका छन् । आज चौथो दिनको विज्ञान विषयको परीक्षामा यसरी बिद्यार्थी र निरिक्षक पक्राउमा परेका हुन । परीक्षामा चेक जाँचका क्रममा साथबाट चीट फेला परेको भन्दै उनीहरुको परीक्षा रद्द गरिएको हो । हालसम्म सप्तरी जिल्लामा परीक्षा रद्द हुने परीक्षार्थीको संख्या ७ सय १९ पुगेको छ ।
यसैगरी जिल्लाको विभिन्न परीक्षा केन्द्रबाट आठ जना निरीक्षक कार्वाहीमा परेका छन् । परीक्षामा मर्यादा विपरित कार्यमा संलग्न रहेको भन्दै हालसम्म कार्वाहीमा पर्ने निरीक्षकको संख्या १५ पुगेको जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईले जानकारी दिए ।
एसएलसी परीक्षामा सप्तरीबाट १४ हजार २ सय ६१ जना परीक्षार्थीहरु सहभागी भएका छन् ।

सम्बन्धित शिर्षकहरु