दुई माओवादीका शीर्श नेताहरु एकता वार्तामा

चैत ८ । काठमाडौं, एकीकृत नेकपा माओेवादी र मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीका शीर्श नेताहरु पार्टी एकताको लागि वार्तामा जुटेका छन । एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरु बैद्य माओवादीको कार्यालय बुद्धनगरमा बिहानैदेखि भेला भएका छन । प्रचण्ड र बैद्य माओवादीले संयुक्त्त वार्ता समिति गठन गरेर वार्ता सुरु गरेका हुन । वार्तामा पाँच माओवादी पार्टीवीच एकताका लागि बनाइएको कार्यगत एकता समिति ब्यूँताउन अन्य समूहले गरेको मागबारे पनि छलफल हुने बताइएको छ ।

मातृका यादव र मणि थापाले हालै मात्र प्रचण्ड र बैद्यलाई भेटेर कार्यगत एकता समिति ब्युँताउन माग गरेका थिए ।वार्ता समितिमा एकीकृत माअाेवादीकाे तर्फबाट अध्यक्ष प्रचन्डसहित, डा.बाबुराम भट्टरार्इ, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी लगायतका पदाधिकारी छन् भने नेकपा-माओवादीको तर्फबाट अध्यक्ष वैद्यसहित उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ रहेका छन् ।

सम्बन्धित शिर्षकहरु