तीन माओवादीद्वारा बझाङ बन्द

चैत ४ ।बझाङ, आफ्ना पुर्व लडाकु पक्राउ गरेको विरोधमा तीनवटा माओवादी पार्टीले संयुक्त्त रुपमा बझाङ जिल्ला बन्दको आह्वान गरेको छ ।
पूर्व लडाकु गणेश खड्कालाई रिहाई नगरेको भन्दै माओवादीले बन्द गरेका हुन ।बन्दका कारण जिल्लाभर नै जनजीवन प्रभावित भएको छ । जिल्लामा यातायात, विद्यालय लगाएत पसलह रुसमेत बन्द गरिएका छन् । २०६२ साल बझाङ शत्रुमर्दन गुल्म पानकोट व्यारेकबाट भागेर भण्डै चार वर्ष माओवादीको लडाकुमा बिताएका खड्कालाई गएको शनिबार प्रहरीले पक्राउ गरेको थियो । सशस्त्र द्वन्द्वकालमा हतियारसहित नेपाली सेनाको ब्यारेकबाट भागेर माओवादीका लडाकु बनेका गणेश खड्कालाई पक्राउ गरी हिरासतमा राखेको छ ।
देशमा शान्ति स्थापना भएदेखि रोजगारीका लागि भारत गएका खड्का ९ बर्षपछि घर फर्कनु भएको थियो । प्रहरीले खड्का घर आएको मौका छोपी पक्राउ गरेको थियो ।
एकीकृत नेकपा माओवादी, नेकपा-माओवादी र नेकपा माओवादीले हिरासतमा रहेका पूर्व लडाकु खड्कालाई संयुक्त बिज्ञप्ती जारी गरी बझाङ जिल्ला बन्द घोषणा गरेका हुन ।

सम्बन्धित शिर्षकहरु