चैत ३ ।चरिकोट,१० बर्षीया नातिनीलाई बलात्कार गर्ने सुनखानी गाविस- ४ का ८२ बर्षीय बृद्धलाई ११ बर्ष कैद सजाय ताेकिएकाे छ । माघ महिनामा आफ्नै नातिनीलाई कोठामा लगेर करणी गरेको अभियोगमा जिल्ला अदालतले ती बृद्धलाई नगद जरिवानाको पनि सजाय सुनाएको छ ।
दोलखा जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद शर्माको इजलासले कैद सजाय र पीडितलाई ५० हजार क्षतीपूर्ति आदेश गरेको छ ।
आँगनमा गट्टा खेलिरहेकी १० बर्षीया नातिनीलाई २० रुपैयाँ र ४ बर्षीया नातिनीलाई चकलेट र विस्कुट दिदै फकाएपछि दुवैलाई बृद्धले कोठामा लगेको अदालतमा दिएको वयानमा उल्लेख छ ।








